Ashish Puri Mardi Himal Trekking Ashish Puri 1:45 AM No comments Read More Share This: Facebook Twitter Google+ Stumble Digg
Ashish Puri Judge During Miss Gandaki Season 5 Ashish Puri 9:44 PM ashish puri, Ashish Puri fashion, Ashish Puri judge, Ashish Puri Miss Gandaki, Ashish Puri Pokhara, Miss gandaki, Miss Gandaki 2019, Miss pokhara No comments Its a platform for glowing up the hidden abilities. Miss Gandaki beauty with purpose :) Ashish Puri was Judge during the Grand finale of Miss Gandaki season 5 Some photos :) Read More Share This: Facebook Twitter Google+ Stumble Digg
मिस हस्पिटालिटी नेपालको उपाधि रेशम र प्रमिलाको नाममा Ashish Puri 11:06 PM Arjun pandey, ashish puri, mr and miss hospitality, pokhara, pokhara grande No comments १८ बैशाख । एपि इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगीताको मिस हस्पिटालिटी नेपालको उपाधि स्याङ्जा वालिङका रेशम कुमाल र पोखराकी प्रमिला गुरुङले जितेका छन् । कुमालले अन्य ११ जना र गुरुङले अन्य १३ जना प्रतिष्पर्धीलाई पराजित गर्दै उपाधि चुमेका हुन्, प्रतिष्पर्धामा दुवैविधाका २६ प्रतियोगी सहभागी थिए । विजेताले उपाधिसँगै पचहत्तर रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन् । होटल बाटिकामा रेष्टुरेन्ट सुपरभाइजरको रुपमा कार्यरत रेशमले उपाधीसँगै ‘बेस्ट कन्फीडेन्ट’ भिवर च्वाईस एवार्ड आफ्नो पोल्टामा पारे । प्रमिला भने नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छिन् । प्रतियोगितामा राम गुरुङ र प्राथना गुरुङले फष्ट रनरअप सँगै उनीहरुले मोस्ट हेन्डसम, मोस्ट फोटोजेनिक र मोष्ट व्यूटिफुल एवार्ड सहित पचास हजार बराबरको पुरस्कार पाए । प्रतियोगितामा राजन सिङ राई र रेजिना गुरुङ सेकेन्ड रनरअप सँगै दुवैले मोष्ट इनरजेटिक एवार्ड प्राप्त गरे । उनीहरुले पच्चीस हजार बराबरको पुरस्कार प्राप्त गरे । कार्यक्रममा स्वर सुन्दरमणी गायक कर्णदास, एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रू र पोखरा कला केन्द्रको नृत्य प्रस्तुती र हाँस्य प्रहशनले माहोल तात्यो । कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले मुख्य प्रायोजन गरेको कार्यक्रमको फाइनल पोखराको होटल ग्राण्डमा भएको हो । प्रतियोगीताको कोरियोग्राफि सुरज थापा मगरले गरेका थिए । नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं संस्कृतिकर्मी प्राज्ञ तिर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । आयोजक संस्था एपि इन्टरटेन्टमेन्टका निर्देशक अर्जुन पाण्डेले नेपाल कै पहिलो मिस्टर एण्ड मिस हस्पिटालिटी नेपाल पहिलो सिजन निकै सफल भएको दाबी गरे । ग्राण्ड फिनालेको निर्णायकमा पाईलट तथा कलाकार बिजय लामा, गायक कर्णदास, प्रमोटर्स नेपालका सिईओ जीपी तिमिल्सना, कान्तिपुर होटल टुरिजम होटल म्यानेजमेन्ट कलेजका चियरमेन राम कोडान्डा, पोखरा लिङ्कन इन्टरनेशनल कलेजकी फाउन्डर प्रिन्सीपल पम्फा गुरुङ, होटल टुकी रिर्सीटका रेसिडेन्ट म्यानेजर धुव्र शर्मा, होटल बाटिकाका संचालक सन्तोष पोख्रेल र न्यू ग्लायलेक्सीका प्रिन्सिपल रामजी शर्मा रहेका थिए । Read More Share This: Facebook Twitter Google+ Stumble Digg
यसरी जन्मिएको थियो 'दारी ग्याङ', संस्कृतिविद् सत्यमोहन जोशीले अन्जान मै जुराईदिएका थिए नाम Ashish Puri 11:52 PM No comments आशिष पुरी 09 January, 2017 काठमाडौँको बाटोमा हिड्दा अलि बढी दारी भएको कोहि देखियो भने अहिलेका युवाहरु मनमनै सोच्ने गर्छन 'यो पक्कै दारी ग्याङमा होला'। कसैले त सोध्न पनि भ्याउछन् । अनि दारी ग्याङको लोगो अंकित टिशर्ट लगाएको भए त सोध्नै परें प्रष्टै हुन्छ दारी ग्याङ कै रैछ । पछिल्लो समय चलचित्र जात्राको प्रचार प्रसारको समयमा पनि दारी ग्याङको सामाजिक संजालमा खुबै चर्चा भए। आखिर के हो यो दारी ग्याङ, जसले पछिल्लो समय चर्चा बटुलीरहेको छ । दाह्री पाल्ने र रुचाउने युवाहरुको फेसबुक समूह हो, दाह्री ग्याङ । लगभग १० महिनाअघि बनाईएको समूह अरु समूह भन्दा भन्दा पृथक पहिचान बोकेको छ ग्याङ । यस समुहमा हालसम्म लगभग ८० हजार बढी सदस्य छन् ।अहिले ‘दाह्री ग्याङका सदस्यहरु काठमाडौँ कास्की , चितवन, झापा, इटहरी, धनगढी, बुटवल, बारा, काभ्रे लगाएत अधिकांश जिल्लामा फैलिसकेका छन् । पोखरा ,झापा र काभ्रेमा विशेष सक्रिय छ ‘दाह्री ग्याङ’ । यो संस्था दर्तावाल संस्था होइन तर सामाजिक काम भने दर्तावाल सामाजिक संस्थाहरुले भन्दा काम कम गरेको छैन । कसरी जन्मियो ‘दाह्री ग्याङ’ ? इतिहासका विद्यार्थी जगदीश भण्डारी एकदिन साथीलाई लिएर दरबार हाइस्कुलबारे बुझ्न संस्कृतिविद् सत्यमोहन जोशीको घर पुगे । उनी पुगे लगत्तै २ टिभी पत्रकार पनि जोशीलाई खोज्दै अन्तर्वार्ता लिन त्यहि आइपुगे । संयोग कस्तो भयो भने ति पत्रकार पनि दारी पालेका, जगदीश अनि ऊनका साथीले पनि दाह्री पालेका ,सबैको झाप्प्यै दारी । सत्यमोहनलाई एउटै ग्रुप जस्तो लागेछ । उनले फ्याट् भनेछन् , “तपाईंहरू त दाह्री ग्याङ नै भएर मलाई भेट्न आउनु भएछ त ?” सत्यमोहन जोशीको ‘दाह्री ग्याङ’ भन्ने शब्द जगदीशलाई मन परेको रहेछ । मुकेशलाई पनि चित्त बुझ्यो । उनीहरूका अधिकांश साथीले दाह्री पनि पालेका थिए । त्यसैले उनीहरुले यो कुरा साथीहरुमाझ राखे, अनिल पुरीले ‘दाह्री ग्याङ’ नाम राखेर फसबूक पेज ,ग्रुप र इन्स्टाग्राम अकाउन्ट नै खोले । साथीहरूबीच आफ्नो ग्रुप च्याट होस् भनेर खोलिएको ‘दाह्री ग्याङ’ अहिले समाजसेवा गर्ने ग्याङको रूपमा उभिएको छ । सात जनाबाट सुरु भएको फेसबुकके ‘दाह्री ग्याङ’मा अहिले ८० हजर सदस्य छन् । काठमाडौंमा ८ जना र काठमाडौंबाहिर ७ जना एडमिन छन् । दारी ग्यांगमा कसरी प्रबेस गर्ने : यसको सदस्यता लिन कसैले पैसा तिर्नु पर्दैन । यो ग्याङमा छिर्न कुनै कडा सीमा पनि छैन । ‘दाह्री ग्याङ’ले यसमा आफ्नो आचारसंहिता पनि जारी गरेको छैन तर १८ वर्ष नपुगेका व्यक्ति सहभागी हुन पाउँदैनन् । अर्को नियम– नयाँ र फेक आईडी पनि एडमिनले एक्सेप्ट गर्दैन। दाह्री ग्याङमा दाह्री नआउने पुरुष पनि अटाउँछन् । अर्को रोचक कुरा के भने महिलाहरू पनि दाह्रीप्रति एक्यबद्धता जनाउदै ‘द बियर्ड लभर’को रूपमा रहन पाउँछन् । दारी ग्याङले गरेका कार्यहरु : मुलुकका विभिन्न शहरमा युवाहरु आबद्ध भई स्थानीय स्तरमा दाह्री ग्याङको नामबाट सामाजिक गतिविधि भईरहेका छन् । पोखरा, चितवन, झापा, इटहरी, धनगढी, बुटवल, बारा, काभ्रेमा दाह्री ग्याङको विशेष सक्रियता रहेको छ । यो कुनै दर्तावाला संस्था होइन तर सामाजिक काम भने दर्तावाल सामाजिक संस्थाहरुले सरह गर्दै आएको छ । दाह्री ग्याङ ले सानो लाग्ने तर महत्वपूर्ण कुरा गर्ने गरेको छ । मन ठूलो भए धन आफैं जम्मा हुन्छ भन्ने सोचले यो ग्याङ चलेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनलाई गिरानचौरमा बस्ति निर्माण गर्न श्रमदान सहयोग गरेको दारी ग्याङले अनाथ बालबालिकालाई सहयोग गर्नेदेखि चिसोमा लुगा समेत प्रदान गर्यो । ‘दाह्री ग्याङ’ले हेटौंडामा क्यान्सर पीडितका लागि रकम हस्तान्तरण गरेको थियो साथै न्यानो लुगा बाँड्यो । बुटवलमा स्टेशनरी बाँडेको ग्याङले काठमाडौंमा फुटसलबाट पैसा संकलन गरेर आफूलाई समाजसेवामा समर्पित गरायो । सुरुमा साथीहरूबीच आफ्नो ग्रुप च्याट होस् भनेर खोलिएको ‘दाह्री ग्याङ’ अहिले समाजसेवा गर्ने ग्याङको रूपमा उभिएको छ । ‘दाह्री ग्याङ’ले झापामा मेटिइसकेको जेब्रा क्रसिङ पेन्ट गर्यो । झापामा उनीहरुले जेब्रा क्रसिङ पेन्ट मात्रै गरेनन्, दुर्घटना बढाउने ठाउँमा भएका जेब्रा क्रसिङ हटाएर उपयुक्त ठाउँमा सारे । दारी ग्यांगले विभिन्न नदि, सडक तथा सार्बजनिक सम्पदाहरुमा सरसफाई को कार्यक्रम समेत गर्दै आएको छ । तर ,काठमाडौंमा भने अनावश्यक सर्त र सरकारी झमेला भएको कारण खुला हृदयले समाजसेवा गर्न र विभिन्न अभियानहरु चलाउन सकिरहेको छैन , ग्याङले । काठमाडौंमा ग्याङले अनावश्यक ठाउँमा रहेका जेब्रा क्रसिङ हटाउन र मेटिसकेका जेब्राक्रसिङ पेन्ट गर्न प्रस्ताव गरे । तर, प्रशासनले ‘दाह्री ग्याङ’ दर्ताको कागज खोज्यो । दाह्री ग्याङले पोखराको वडा नं. २३ स्थित निर्मलपोखरी पोख्रेलथोक स्थित रामरुद्रा आधारभूत विद्यालयमा पाँच थान ह्वाईट बोर्ड लगायत आपतकालित अवस्थामा प्रयोग गर्न सकिने स्वास्थ्य सामाग्री ,शैक्षिक तथा खेलकुद सामाग्री ( मार्कर, मसी, डस्टर, स्पाईकिङ, ब्याडमिन्टन, कक, फुटबल ) प्रदान गरेको छ । स्थापनाको छोटो समयमै समूहले यसअघि मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदान, ट्राफिक सचेतनामूलक कार्यक्रम लगायत दर्जन बढि सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । सामाजिक रुपान्तरणका लागि सामाजिक सञ्जाल उपयोगी बन्न सक्ने कुरा दारी ग्यांग ले प्रमाणित गरेको छ । दारी ग्यांगका आगामी योजनाहरु : काठमाडौँमा विभिन्न कार्यक्रम तथा समाज सेवा गर्ने योजना बनायको ‘दाह्री ग्याङ’ले ‘अल नेपाल बियर्ड एन्ड मुस्टास कम्पिटिसन’आयोजना गर्दैछ । स्थापनाको एक वर्षको अवसर पारेर फागुन ६ मा प्रतियोगिता हुने ग्याङले जानकारी दिएको छ । काठमाडौँ भित्र ग्याङले बिभिन्न स्थानमा सरसफाईका कार्यक्रम साथै सडक किनारमा वृक्षारोपण समेत गर्ने योजना रहेको छ । दारी ग्याङका सदस्यहरुले आकस्मिक बिरामीहरुलाई फ्रेश ब्लड उपलब्ध गराउने कार्य लाई आझै पृथक ढङ्गले अगाडी बढाउन सदस्यहरुको ब्लड डाटाबेस बन्दै छ । फ्रेश ब्लड भन्नाले आवश्यकता पर्ना साथ उपस्थित भएर रक्तदान गर्नु हो । काठमाडौँ बाहिर दारी ग्याङले भूकम्प पिडितका लागि गोठ निर्माण गर्ने समेत योजना बनाएको छ । साथै धुर्मुस सुन्तली को मुसहर बस्ति निर्माण कार्यमा दारी ग्यांग ले सक्दो श्रमदान र आर्थिक सहयोग गर्ने समेत जानकारी दिएको छ । दारी ग्याङको अफिसियल लोगो, टिशर्ट र नारा पनि छ । 'गालामा दारी, काँधमा जिम्मेवारी' उनीहरुको नारा हो । नाराले भने झैँ उनीहरु समाजको जिम्मेवारी बहन गरेर अगाडी बढिरहेका छन् । अझ सक्रिय रुपमा अगाडी बढ्ने सोचमा छन् । तर राजधानीमा भने प्रशासन सहयोग नगरेको उनीहरुको गुनासो छ । Read More Share This: Facebook Twitter Google+ Stumble Digg
LAURE - SATHI HO (Lyrics) Ashish Puri 3:32 AM No comments "SATHI HO" is the second track after 'Banawati' from the album "CHUP LAAG", written & composed by Laure. The song carries social issues of current situation and a representative voice of the Nepali youth. A presentation of 'Bad Kompany Record Label' which is owned by Laure with the purpose to attract the non-rap listener towards 'Nephop' scene and make it more bigger. We tried to do it in different musical pattern and provide message along with entertainment through it's catchy hook "Sathi ho, Oh mero Sathi ho..." Production: The Bad Kompany RecordsLyrics: LaureEdit: Lime Light Nepal Recording: Pulse Recording StudioMixing & Mastering: Deepak Lama Lyrics: yo paisa ra baisha, aaudaina hai ghari ghariallarey umer mero, kam garchu mari marikasaile sarkarko, sattako patta paltarabaal chhaina malai hidchu sutta salkaralamo jatta fijara hidna paau, vidna paauraksi khutta paltara, jutta talkarasath ma danthaa dhalkarahaat ma gattha talkaarayeha hunna jipraka ko herr dhaddha paltaramaapase garne haru ko baato taile moddisthapathe solta haru ko mukh taile foddisgunda gardi sordisbhalu addaa rokdissasir bechne lai samaatistara desh bechne lai chhodiyiskalo dhanda chaarai tira kaag ko fandaabaatho banda, khaye maile tato dandahami sabai nepali, bokera hamro raato jhandauthau andaa kaanun, bahira sarkar naya(laato janta) x2(saathi ho , oh mero sathi hoyo mero geet matra hoina, yo euta kranti horagat le lata pata jaba mero golijasto boli chalcha ratatata) x2yo ho mero samaajyo ho mero bastisafaa garem jasto lagcha hijo ho ki astiyeha thula thula hastimahal mai cha mastichhupi ra chhapro muni cha kaiyeu thaaplobideshi bokedhaarbaaklo na baaklo thadiyo hola gharbaato vayo hola chaakloustai cha garib, jhinga masina cha dhandaabujhdiney kasle yinko pasina ko gandaaaba ko nepal banda hune chhaina sarkaaribudhi aama le bech chhin sadak ma tarkarialchhi yuba pusta kina hola berojgaarimanchhe thulo daam le hoina, kaam le hopariwartan lyaune naya aaba hera haamle hobhanxan ni khane mukh lai chhekdaina junga le (Kaam lagcha soltaa yehaa chaak puseko dhunga ni) x2 By : Ashish Puri Read More Share This: Facebook Twitter Google+ Stumble Digg
दारी ग्याङले शनिबार रक्तदान कार्यक्रम गर्ने Ashish Puri 12:58 AM No comments -(आशिष पुरी) पोखरा २६ साउन दारीलाई माया गर्नेहरुको संस्था दारी ग्याङको आयोजनामा पोखरामा रक्तदान कार्यक्रम हुने भएको छ । यही साउन २९ गते शनिबार रक्तदान कार्यक्रम गर्ने तयारी ग्याङले गरेको हो ।“गालमा दारी, काँधमा जिम्मेवारी ”भन्ने नारा सहित गठन भएको दारी ग्याङले बृहत रक्तदा कार्यक्रमको तयारीमा जुटेको दारी ग्याङका मेम्वर बसन्त मिश्रले सफल न्यूजालाई जानकारी दिए । शनिबार पोखराको विन्ध्यबासिनी मन्दिरको पार्कमा आयोजना हुने रक्तदान कार्यक्रममा रत्तदान गरि सहयोग गर्न आग्रह गरिएको छ । प्रत्येक एक सेकेण्डमा दुई जना ब्यक्तिलाई रगत चाहि रहेको हुन्छ भन्ने नारा सहित रक्तदान कार्यक्रम आयोजना गरिएको मिश्रले बताए । सामाजिक कार्यमा समेत आफनो सक्रियता बढाउदै अगाडि बढने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो । यसअघि ग्याङले मृगौलापीडितलाई आर्थिक संकलन गरि सहयोग प्रदान गरेको थियो । रक्तदान जीवन दान भएकाले यस्तो पुण्य कार्यमा सहभागी भै सहयोग गरिदिन सवैलाई आग्रह समेत गरेको छ । तपाईको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ, त्यसैले यस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गर्न सवैलाई आग्रह गर्दछु मिश्रले भने । Read More Share This: Facebook Twitter Google+ Stumble Digg
दारी ग्याङ अफिसियल छलफल पोखरा मा Ashish Puri 10:03 PM No comments आशिष पुरी , पोखरा, २५ असार / ...हो म हाँरे कोहिले बहुलाहा त कोहिले आईएसआईएस अलकायदाको सदस्य जस्तो भने त कोहिले नराम्रै देखिएपनि आकर्षण तान्न खोज्ने भने कोहिले दाह्री त लामै भएछ, अब लटा अझै बढाएर भाङ, धतुरो सुरु गर्दा भो भने त न्युनले, साधु, सन्त महात्मा हुन खोजेको कि क्या हो भने आफु भन्दा दोब्बर उमेरकाको दाइमा गनिएँ, कतै डाँका त कतै काका भनिए... १९ वर्षीय चितवने ठिटो सुशान्त कँडेलले दारीको विषयमा लेखेको कविताको एक अंश हो यो । ‘हो म हारेँ’ शीर्षकमा लेखिएको यो कविताले दाह्री पाल्न सौखिन युवाहरुको व्यथा समेटिएको छ । पोखराका दाह्रीप्रेमी युवाबीच शनिबार उनले दुई पटकसम्म यो कविता सुनाउनुप¥यो । दाह्रीका सौखिन युवाहरु संगठित भएर खोलेको फेसबुक समुह ‘दाह्री ग्याङ’ मा आबद्ध पोखराका सदस्यहरुले भेला नै आयोजना ग¥यो । ‘मेरो दारी, दुनियाँलाई किन भारी ?’, ‘गालामा दारी, काँधमा जिम्मेवारी’ स्लोगान अंकित टिसर्ट लगाएर युवाहरु भेला भए । भेलाले शेखर गौतमको संयोजकत्वमा ‘दाह्री ग्याङ, पोखरा’ गठन गरेको छ । सहसंयोजकमा बसन्त पहारीलाई चयन गरिएको छ । हालसम्म चार दर्जन बढि युवाहरु सम्पर्कमा आएका छन् । चार महिना अघि काठमाण्डौका दाह्री सौखिन युवाहरुले खोलेको फेसबुक पेजमा ३२ हजार बढि सदस्य पुगेका छन् । सुरुमा मनोरञ्जनका लागि खोलिएको सो समुह केहि महिनामै सामाजिक सेवामा कटिबद्ध बन्ने निर्णयमा पुगेको छ । वर्षौ अघिदेखि पुराना तस्बिरहरूको संकलन गरी चर्चामा आएका एक युवा जगदीश ‘ज्याग्स’ भण्डारी ग्रुपका प्रमुख एडमिन हुन् । उनी पोखराका मेम्बरहरुको उत्साहजनक सक्रियताका कारण पोखरा आउन बाध्य भए । ‘विशुद्ध मनोरञ्जनका लागि खोलिएको ग्रुप हो । सक्रिय नबन्दै मुलुकका विभिन्न जिल्लामा मेम्बरहरु एकीकृत भएर अगाडि बढनुभयो’ – भण्डारीले भने– ‘अब युवाहरु एक भएर अघि बढ्ने माध्यम यो समुह भएको छ । पोखराको उत्साहजनक सहभागिताले हामी अत्यन्त खुशी छौं ।’ उनले दाह्री ग्याङको मेम्बर बन्न दाह्री नै पालेको हुनुपर्ने बाध्यात्मक अवस्था नरहेको स्पष्ट पार्दै दाह्री प्रेमीहरु जो कोहि मेम्बर हुनसक्ने बताए । उनले ठट्यौली पारामा भने– ‘जब हामी दाह्री ग्याङ खोल्ने निचोडमा पुग्यौं । दाह्री नपालेकै साथी अनिल पुरीले बनाउनुभएको हो । दाह्री कविता कोर्ने सुशान्त साथी नै अमेरिका भिसाा प्रक्रियाका कारण दाह्री काट्न बाध्य हुनुभयो ।’ दाह्री ग्याङ पोखराले रक्तदान कार्यक्रमको आयोजना गर्दै आफ्ना गतिविधि अघि बढाउने निर्णय गरेको छ । यसअघि मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदानका लागि सहयोगी भुमिका निर्वाह गरिसकेको समुहले साउनको अन्तिम शनिबार २९ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने संयोजक शेखर गौतमले जानकारी दिए । काठमाण्डौले सुरु गर्न लागेको अभियान भुकम्प पीडितका लागि गोठ निर्माण लगायतका काममा पनि सहयोग गर्ने निर्णय पोखरा ग्याङले गरेको छ । ‘दारी पाल्दा बुबाआमा, छरछिमेकले नराम्रो मान्ने, सबै डराउने अवस्था अन्त्य गर्न चाहन्छौं ।’ गौतमले भने– ‘दाह्री पाल्ने बैरागी र समाजप्रति जिम्मेवार हुँदैनन् भन्ने सोच बदल्नतर्फ लाग्नेछौं ।’ समुहले अफिसियल टिसर्ट विक्री गरेर बचत रकम, फण्ड स्थापना गरी मेम्बरहरुबाट सहयोग संकलन गरेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ । दाह्री ग्याङका एडमिनहरुको सहयोगी भावना र मेम्बरहरुको स्वतस्फुर्त सक्रियताका कारण छोटो समयमै यसले लोकप्रियता पाएको छ । फेसबुक चलाउने युवाहरुलाई ‘दाह्री ग्याङ’ नौलो समुह होईन । जिल्ला जिल्लाका मेम्मरहरु काठमाण्डौं भन्दा अघि बढिसकेका छन् । असार ४ मा मात्रै इटहरीको समुहले ‘इटहरी जाउँ पानीपुरी खाउँ’ शीर्षकमा कार्यक्रम गर्यो । पानीपुरी बनाएर बेचेर नाफा भएको पैसा क्यान्सरपीडित चारवर्षे बालकलाई दिएर सामाजिक उत्तरदायित्व वहन गरिसकेका छन् । दाह्री ग्याङको भेला चितवन, झापामा पनि भईसकेको छ । आपतकालीन रगत चाहियो भने सदस्यहरूले तुरुन्तै दिन सकून् भन्ने हेतुले समुहमा सबै सदस्यको ब्लड डाटाबेस तयार भईरहेको छ । फेसन नै सही । तर, ‘दाह्री ग्याङ’ का मेम्बरहरु स्लोगान जस्तै समाजप्रति उत्तिकै जिम्मेवारपुर्वक अघि बढेका छन् । तस्विरः दारी ग्याङ अफिसियल via : mazza को news .com Read More Share This: Facebook Twitter Google+ Stumble Digg