दारी ग्याङले शनिबार रक्तदान कार्यक्रम गर्ने Ashish Puri 12:58 AM No comments -(आशिष पुरी) पोखरा २६ साउन दारीलाई माया गर्नेहरुको संस्था दारी ग्याङको आयोजनामा पोखरामा रक्तदान कार्यक्रम हुने भएको छ । यही साउन २९ गते शनिबार रक्तदान कार्यक्रम गर्ने तयारी ग्याङले गरेको हो ।“गालमा दारी, काँधमा जिम्मेवारी ”भन्ने नारा सहित गठन भएको दारी ग्याङले बृहत रक्तदा कार्यक्रमको तयारीमा जुटेको दारी ग्याङका मेम्वर बसन्त मिश्रले सफल न्यूजालाई जानकारी दिए । शनिबार पोखराको विन्ध्यबासिनी मन्दिरको पार्कमा आयोजना हुने रक्तदान कार्यक्रममा रत्तदान गरि सहयोग गर्न आग्रह गरिएको छ । प्रत्येक एक सेकेण्डमा दुई जना ब्यक्तिलाई रगत चाहि रहेको हुन्छ भन्ने नारा सहित रक्तदान कार्यक्रम आयोजना गरिएको मिश्रले बताए । सामाजिक कार्यमा समेत आफनो सक्रियता बढाउदै अगाडि बढने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो । यसअघि ग्याङले मृगौलापीडितलाई आर्थिक संकलन गरि सहयोग प्रदान गरेको थियो । रक्तदान जीवन दान भएकाले यस्तो पुण्य कार्यमा सहभागी भै सहयोग गरिदिन सवैलाई आग्रह समेत गरेको छ । तपाईको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ, त्यसैले यस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गर्न सवैलाई आग्रह गर्दछु मिश्रले भने । Share This: Facebook Twitter Google+ Stumble Digg Email ThisBlogThis!Share to XShare to Facebook