MRRPKR TEAM In Pokhara Ropai Mahotsav Ashish Puri 11:30 PM No comments पोखराको असारे रोपाईं महोत्सवमा यस्तो रमाईलो (फोटो /भिडियो) असार १५, राष्ट्रिय धान दिवस । पोखरामा यसपटक पनि असारे रोपाई महोत्सव आयोजना भयो । यसपटकको महोत्सव “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका पोखरा–१७ महतगौंडामा आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्ले २०६१ देखि आयोजना गर्दै आएको यो १३ औं संस्करणको हो । महोत्सवको संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले हलो जोतेर उद्घाटन गरे । महोत्सवमा पर्यटकहरु औधि रमाए । पोखरेली युवायुवती पनि मज्जाले हिलो छ्यापेर समुह समुहमा रमाईलो गरे । नेपाली किसानका लागि मानो रोपेर मुरी उब्जाउने चटारो भैरहँदा रोपाई महोत्सवमा सहभागी हुन विभिन्न देशका करिव सय पर्यटक पोखरा आएको परिषद्ले जनाएको छ । असारे महोत्सवमा सहभागी हुनकै लागि अघिल्ला वर्षमा भन्दा यस वर्ष पर्यटकको संख्या बढेको परिषदले जनाएको छ । तस्विर तथा भिडियो VIA : MAZZA KO NEWS Share This: Facebook Twitter Google+ Stumble Digg Email ThisBlogThis!Share to XShare to Facebook