दारी ग्याङ अफिसियल छलफल पोखरा मा Ashish Puri 10:03 PM No comments आशिष पुरी , पोखरा, २५ असार / ...हो म हाँरे कोहिले बहुलाहा त कोहिले आईएसआईएस अलकायदाको सदस्य जस्तो भने त कोहिले नराम्रै देखिएपनि आकर्षण तान्न खोज्ने भने कोहिले दाह्री त लामै भएछ, अब लटा अझै बढाएर भाङ, धतुरो सुरु गर्दा भो भने त न्युनले, साधु, सन्त महात्मा हुन खोजेको कि क्या हो भने आफु भन्दा दोब्बर उमेरकाको दाइमा गनिएँ, कतै डाँका त कतै काका भनिए... १९ वर्षीय चितवने ठिटो सुशान्त कँडेलले दारीको विषयमा लेखेको कविताको एक अंश हो यो । ‘हो म हारेँ’ शीर्षकमा लेखिएको यो कविताले दाह्री पाल्न सौखिन युवाहरुको व्यथा समेटिएको छ । पोखराका दाह्रीप्रेमी युवाबीच शनिबार उनले दुई पटकसम्म यो कविता सुनाउनुप¥यो । दाह्रीका सौखिन युवाहरु संगठित भएर खोलेको फेसबुक समुह ‘दाह्री ग्याङ’ मा आबद्ध पोखराका सदस्यहरुले भेला नै आयोजना ग¥यो । ‘मेरो दारी, दुनियाँलाई किन भारी ?’, ‘गालामा दारी, काँधमा जिम्मेवारी’ स्लोगान अंकित टिसर्ट लगाएर युवाहरु भेला भए । भेलाले शेखर गौतमको संयोजकत्वमा ‘दाह्री ग्याङ, पोखरा’ गठन गरेको छ । सहसंयोजकमा बसन्त पहारीलाई चयन गरिएको छ । हालसम्म चार दर्जन बढि युवाहरु सम्पर्कमा आएका छन् । चार महिना अघि काठमाण्डौका दाह्री सौखिन युवाहरुले खोलेको फेसबुक पेजमा ३२ हजार बढि सदस्य पुगेका छन् । सुरुमा मनोरञ्जनका लागि खोलिएको सो समुह केहि महिनामै सामाजिक सेवामा कटिबद्ध बन्ने निर्णयमा पुगेको छ । वर्षौ अघिदेखि पुराना तस्बिरहरूको संकलन गरी चर्चामा आएका एक युवा जगदीश ‘ज्याग्स’ भण्डारी ग्रुपका प्रमुख एडमिन हुन् । उनी पोखराका मेम्बरहरुको उत्साहजनक सक्रियताका कारण पोखरा आउन बाध्य भए । ‘विशुद्ध मनोरञ्जनका लागि खोलिएको ग्रुप हो । सक्रिय नबन्दै मुलुकका विभिन्न जिल्लामा मेम्बरहरु एकीकृत भएर अगाडि बढनुभयो’ – भण्डारीले भने– ‘अब युवाहरु एक भएर अघि बढ्ने माध्यम यो समुह भएको छ । पोखराको उत्साहजनक सहभागिताले हामी अत्यन्त खुशी छौं ।’ उनले दाह्री ग्याङको मेम्बर बन्न दाह्री नै पालेको हुनुपर्ने बाध्यात्मक अवस्था नरहेको स्पष्ट पार्दै दाह्री प्रेमीहरु जो कोहि मेम्बर हुनसक्ने बताए । उनले ठट्यौली पारामा भने– ‘जब हामी दाह्री ग्याङ खोल्ने निचोडमा पुग्यौं । दाह्री नपालेकै साथी अनिल पुरीले बनाउनुभएको हो । दाह्री कविता कोर्ने सुशान्त साथी नै अमेरिका भिसाा प्रक्रियाका कारण दाह्री काट्न बाध्य हुनुभयो ।’ दाह्री ग्याङ पोखराले रक्तदान कार्यक्रमको आयोजना गर्दै आफ्ना गतिविधि अघि बढाउने निर्णय गरेको छ । यसअघि मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदानका लागि सहयोगी भुमिका निर्वाह गरिसकेको समुहले साउनको अन्तिम शनिबार २९ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने संयोजक शेखर गौतमले जानकारी दिए । काठमाण्डौले सुरु गर्न लागेको अभियान भुकम्प पीडितका लागि गोठ निर्माण लगायतका काममा पनि सहयोग गर्ने निर्णय पोखरा ग्याङले गरेको छ । ‘दारी पाल्दा बुबाआमा, छरछिमेकले नराम्रो मान्ने, सबै डराउने अवस्था अन्त्य गर्न चाहन्छौं ।’ गौतमले भने– ‘दाह्री पाल्ने बैरागी र समाजप्रति जिम्मेवार हुँदैनन् भन्ने सोच बदल्नतर्फ लाग्नेछौं ।’ समुहले अफिसियल टिसर्ट विक्री गरेर बचत रकम, फण्ड स्थापना गरी मेम्बरहरुबाट सहयोग संकलन गरेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ । दाह्री ग्याङका एडमिनहरुको सहयोगी भावना र मेम्बरहरुको स्वतस्फुर्त सक्रियताका कारण छोटो समयमै यसले लोकप्रियता पाएको छ । फेसबुक चलाउने युवाहरुलाई ‘दाह्री ग्याङ’ नौलो समुह होईन । जिल्ला जिल्लाका मेम्मरहरु काठमाण्डौं भन्दा अघि बढिसकेका छन् । असार ४ मा मात्रै इटहरीको समुहले ‘इटहरी जाउँ पानीपुरी खाउँ’ शीर्षकमा कार्यक्रम गर्यो । पानीपुरी बनाएर बेचेर नाफा भएको पैसा क्यान्सरपीडित चारवर्षे बालकलाई दिएर सामाजिक उत्तरदायित्व वहन गरिसकेका छन् । दाह्री ग्याङको भेला चितवन, झापामा पनि भईसकेको छ । आपतकालीन रगत चाहियो भने सदस्यहरूले तुरुन्तै दिन सकून् भन्ने हेतुले समुहमा सबै सदस्यको ब्लड डाटाबेस तयार भईरहेको छ । फेसन नै सही । तर, ‘दाह्री ग्याङ’ का मेम्बरहरु स्लोगान जस्तै समाजप्रति उत्तिकै जिम्मेवारपुर्वक अघि बढेका छन् । तस्विरः दारी ग्याङ अफिसियल via : mazza को news .com Share This: Facebook Twitter Google+ Stumble Digg Email ThisBlogThis!Share to XShare to Facebook