Ashish Puri

  • Home
  • Photos
  • Videos
  • Worked At
  • About Us
  • CONTACT US

Thursday, June 16, 2016

mrr pokhara

 Ashish Puri     7:46 PM     Ashish, ashish puri, bachau abiyan, lokhnath acharya, mens room reloaded, mrr pkr, mrr pkr dading, Puri     No comments   

धादिङका लोकनाथलाई एमआरआर पोखराको सहयोग, विद्यालयमा कम्प्युटर

 रञ्जन अधिकारी पोखरा, ३२ जेठ / घाँटीको क्यान्सरले थलिएर बसेका धादिङ केबलपुर ८ का लोकनाथ आचार्यले यो लोकमा कल्याण गर्ने कोहि भेटेका थिएनन् । क्यान्सरको किमो गरेर थकित शरीर, त्यसैमाथि भुकम्पले गाउँको सानो घर पनि भत्कायो । रोगी शरीर बिसाउने ठाउँ पनि नहुँदा सुखदुखमा साथ दिने श्रीमती समेत हातको प्यारालाईसिस केहि गर्न सक्ने अवस्थामा छैनन् ।

 अहिले भने यो परिवारमा थोरै भएपनि खुशी छाएको छ । पोखराका युवाहरुको सहयोगले परिवारलाई राहत मिलेको छ । उपचारका लागि केहि आर्थिक सहयोग मिल्यो भने दुई मध्ये जेठो नातिलाई माध्यमिक तहसम्मै पढाउन समेत आड मिलेको छ । सामाजिक सञ्जालमार्फत समाजसेवामा सक्रिय भएर लागेका मेन्स रुम रिलोडेड (एमआरआर) पोखरामा आबद्ध युवाहरुले पोखरामा सहयोग संकलन गरेर ७० हजार एक सय ५० गाउँमै पुगेर हस्तान्तरण गरे । धादिङका पत्रकार आशिष ठकुरीको पहल तथा लोकनाथ आचार्य बचाउ अभियानका संयोजकसमेत रहेकी धादिङ पोखरा पत्रकार समाजकी सदस्य सफलता आचार्यको सक्रियतामा एमआरआरका युवाहरुले पोखराका सडक सडकमा आर्थिक संकलन गरेका थिए । सुर्य तिमिल्सिना, सविन न्यौपाने, शिशिर देवकोटा, सन्देश क्षेत्री, नरेश भट्टराई, सुवास शर्मा, आशिष पुरी, प्रकाश श्रेष्ठ लगायतका युवाहरु हप्ता दिनसम्म महेन्द्रपुल, लेकसाईड, विरौटा, रामबजार क्षेत्रमा पुगेर सहयोग उठाएका थिए ।

आफुहरुले थालेको अभियानलाई सार्थक तुल्याउन ५८ वर्षीय लोकनाथलाई ५० वर्षकै भनेर सहयोग मागे । संयोजक सफलताले भनिन् – ‘एक त पोखरा भन्दा टाढाको बुवा । भौगोलिक हिसाबले टाढा हुँदा सहयोग नउठ्ने हो कि भन्नेमा चिन्तित थियौं । तर एमआरआरका सदस्यहरुकै कारण केहि भएपनि सहयोग संकलन गर्न सक्यौं ।’ युनाईटेड क्लब पोखराले संस्थागत १० हजार सहयोग गरेको थियो ।

 
लोकनाथ दोस्रो जनआन्दोलनका घाईते समेत हुन् । यसकै कारण घाँटीको चोटले क्यान्सर भएको उनी बताउँछन् । उनका एकमात्र छोरा जनक काठमाडौंमा धागो पसलमा काम गर्छन् । मासिक आठ हजार तलबले दुई छोरा, रोगी बुबाआमा सहितको परिवार पाल्नै नसकेको अवस्थामा जेठो छोरो कुमारको शिक्षाका लागि सहयोग पनि जुट्यो । ललितपुरका स्पार्क मोक्तानले एक वर्षका लागि शैक्षिक सामाग्री, एमआरआर कोरियाका प्रतिनिधि सन्तोषकुमार राईले दुई वर्षका लागि १० हजार, कोरियाकै राजु बजगाईंले पनि १० हजार रकम पठाएका छन् । एक कक्षामा अध्ययनरत ५ वर्षीय कुमारलाई एमआरआर पोखराले सहयोग जम्मा गरेरै १० कक्षासम्म पढाउने संयोजक सुर्य तिमिल्सिनाले बताए । अहिले नयाँ पोशाक, झोलाका साथ स्कुल जान थालेपछि कुमार औधि खुशी भएका छन् । लोकनाथकी श्रीमती पदमकुमारी आचार्यले दैवले समेत नहेरेको अवस्थामा पोखराका छोराछोरीको सहयोग पाएको भन्दै हर्षको आँशु खसालिन् ।

यसैबीच, एमआरआर पोखराले सोहि अवसरमा धादिङकै जिवनपुर १ जिम्मलगाउँमा रहेको भुकम्प प्रभावित एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । खैरेनि निम्न माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर एमआरआर पोखराका संयोजक सुर्य तिमिल्सिनाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज सुवेदीलाई हस्तान्तरण गरे ।

 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दामोदर घिमिरे, स्थानीय रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरी, पत्रकार शिवराज आचार्य लगायतको उपस्थिति थियो ।

 विद्यालयको शिशु कक्षा देखि कक्षा चारसम्म अध्ययन गर्ने विद्यार्थीलाई ब्रस र टुथपेस्ट पनि प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने मेन्स रुम रिलोडेड (एम आर आर) पोखराका संयोजक सहित सबैलाई सम्मान पत्र प्रदान गरिएको थियो भने एमआरआर पोखराले पनि विद्याललाई प्रमाण पत्र प्रदान गरेको थियो ।

 

For More visit :MazzaKoNews

  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Email ThisBlogThis!Share to XShare to Facebook
Newer Post Older Post Home

0 comments:

Post a Comment

Popular Posts

  • दारी ग्याङले शनिबार रक्तदान कार्यक्रम गर्ने
    -(आशिष पुरी) पोखरा २६ साउन  दारीलाई माया गर्नेहरुको संस्था दारी ग्याङको आयोजनामा पोखरामा रक्तदान कार्यक्रम हुने भएको छ । यही साउन २९ गते ...
  • LAURE - SATHI HO (Lyrics)
    "SATHI HO" is the second track after 'Banawati' from the album "CHUP LAAG", written & composed by Laure. Th...
  • यसरी जन्मिएको थियो 'दारी ग्याङ', संस्कृतिविद् सत्यमोहन जोशीले अन्जान मै जुराईदिएका थिए नाम
    आशिष पुरी   09 January, 2017 काठमाडौँको बाटोमा हिड्दा अलि बढी दारी भएको कोहि देखियो भने अहिलेका युवाहरु मनमनै सोच्ने गर्छन 'यो पक्कै...
  • MRRPKR TEAM In Pokhara Ropai Mahotsav
    पोखराको असारे रोपाईं महोत्सवमा यस्तो रमाईलो (फोटो /भिडियो) असार १५, राष्ट्रिय धान दिवस  । पोखरामा यसपटक पनि असारे रोपाई महोत्सव आयोजना...
  • Link With Me
    ASHISH PURI- Public Figure                                                   
  • दारी ग्याङ अफिसियल छलफल पोखरा मा
    आशिष पुरी , पोखरा, २५ असार / ...हो म हाँरे कोहिले बहुलाहा त कोहिले आईएसआईएस अलकायदाको सदस्य जस्तो भने त कोहिले नराम्रै देखिएपनि...
  • मिस हस्पिटालिटी नेपालको उपाधि रेशम र प्रमिलाको नाममा
    १८ बैशाख । एपि इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगीताको मिस हस्पिटालिटी नेपालको उपाधि स्याङ्जा वालिङका रेशम कुमाल र पोखराकी प्रमिला...
  • Ashish Puri Judge During Miss Gandaki Season 5
    Its a platform for glowing up the hidden abilities. Miss Gandaki beauty with purpose :) Ashish Puri was Judge during the Grand finale ...
  • mrr pokhara
    धादिङका लोकनाथलाई एमआरआर पोखराको सहयोग, विद्यालयमा कम्प्युटर   रञ्जन अधिकारी पोखरा, ३२ जेठ / घाँटीको क्यान्सरले थलिएर बसेका धादिङ केबल...
  • Ashish Puri Mardi Himal Trekking
     

Recent Posts

FaceBook Fan Page

Ashish Puri

Follow me at Twitter

Follow @imashishpuri

Contributors

  • Ashish Puri
  • Unknown
© Ashish Puri. Powered by Blogger.

Connect With @Ashish Puri